काठमाडौं । काठमाडौंको बौद्धमा रहेको शुख समृद्धी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित सञ्चालक बचतकर्ताको बचत ठगेर फरार भएका भएका छन् ।
बचतकतर्चाको बचत अपचलन गरेर सहकारीका अध्यक्ष रुप नारायण श्रेष्ठ, उपाध्यक्ष सजिना गौतम, सचीव अनुप अधिकारी, कोषाध्यक्ष कविता कुमारी कार्की फरार रहेका छन् ।
यस्तै सहकारीको सञ्चालक समितिका सदस्यहरु कोमल बहादुर धिताल, सुलोचना कपाली, जिवन सापकोटा, लेखा समिति संयोजक सुशिला धमला, सदस्य–सचिव नविन राई र लेखा समित सदस्य उमेश कोस्वार हाल फरार रहेका छन् ।
उनीहरुले बचतकर्ताको बचत फिर्ता नगरी संस्था बन्द गरि फरार रहेका छन् । सहकारी ठगी गरेर फरार रहेका १० जनालाई प्रहरीले खोजिकार्य जारी राखेको जनाएको छ ।
सहकारीले देवी प्रसाद ढकालको ५ दाख र जानुका महत र उनको छोराको ५ लाख ५९ हजार सहित १० लाख ५९ हजार रुपैयाँ ठगी गरेर फरार रहेका छन् । उनीहरुलाई ७ वर्ष कैद र ७० हजार रुपैयाँ मागदाबी गर्दैै अदालतमा अभियोग पत्र दायर गरिएको छ ।






प्रतिक्रिया दिनुहोस्