Skip to content

संवैधानिक निकायका पदाधिकारीको नियुक्ति बदर नहुने सर्वोच्चको फैसला

nabil bank

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक निकायका पदाधिकारीको नियुक्ति बदर नहुँने फैसला सुनाएको छ ।

निकै चासोका साथ हेरिएको यो मुद्दामा सर्वोच्चले बहुमतको फैसला अनुसार रिट खारेज गर्दै संवैधानिक निकायका नियुक्त भएका पदाधिकारीको नियुक्ति बदर नहुँने फैसला सुनाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघठन गरेको बेला ५२ जनालाई संवैधानिक निकायमा नियुक्ति दिएका थिए । यो विषयमा सर्वोच्च अदालतमा रिट परेको थियो । संवैधानिक निकायमा नियुक्ति भएका केही व्यक्तिहरु भने उमेरहदको कारण अवकासमा समेत गइसकेका छन्।

सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको सयुक्त संवैधानिक इजलाशले बहुमतको आधारमा रिट खारेज गर्ने फैसला गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime