Skip to content

निक्षेपको ब्याजदर ओरालो लाग्दा बीमा व्यवसायमा धक्का, मुद्दती निक्षेपको विकल्प के हुन सक्छ ?

nabil bank

काठमाडौं । विगत दुई वर्षयता बैंकिङ क्षेत्रमा देखिएको घट्दो ब्याजदरको समस्यामा बीमा व्यवसाय पनि परेको छ । कोभिड–१९ पछि केही वर्ष बढेको मुद्दती निक्षेपको ब्याजदर पछिल्लो दुई वर्षयता फेरि ओरालो लागेको छ ।

आर्थिक वर्ष २०७९/८० मा ७.८६ प्रतिशत रहेको निक्षेपको ब्याजदर चालु आर्थिक वर्षको १० महिनामा आउँदा घटेर ४.३७ प्रतिशतमा झरेको छ । पाँच वर्षको अवधिको ब्याजदर हेर्ने हो भने बढेको छ । तर, गत दुई आर्थिक वर्षको तुलनमा भने मुद्दती निक्षेको ब्याजदर घटेको हो ।

पछिल्लो दुई वर्षयता लगातार घटेको बैंकको मुद्दती निक्षेपको ब्याजदरले बीमा व्यवसायमा धक्का पुर्याएको बीमा कम्पनीको सिईओहरुको बताउँछन् । बीमा कम्पनीहरुले केही वर्षको समयअवधिमा नै बैंकमा राख्ने निक्षेपको ब्याजदर ठूलो अंकमा घटेको छ । जसको कारण बीमा व्यवसाय तथा कम्पनीहरुको नाफामा धक्का पुगेको हो ।

‘विगतमा हामीले ४/५ वर्षको अन्तरालमा मात्र यस्तो चुनौती देखेका थियौं । त्यसबेला बैंकको ब्याजदर ११ प्रतिशतबाट ५ प्रतिशतमा झरेको थियो ।’  प्रभु महालक्ष्मी इस्याेरेस कम्पनीका कार्यकारी अधिकृत (सिईओ) सन्तोष प्रसाई भन्छन्, ‘तर त्यो धेरै समयको लागि भएन । अहिले लगभग डेढ वर्षदेखि ब्याजदर ११/१२ प्रतिशतबाट घटेर साढे ३ प्रतिशतसम्म आइपुगेको छ, र यो अझै कति समय रहने हो थाहा छैन ।’

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेपको थुप्रो लागेको छ, भने कर्जा लगानी सुस्त भएको छ । जसको कारण बैंक तथा वित्तीय संस्थाको निक्षेप तथा कर्जा दुबैको ब्याजदर ओरालो लागेको छ । यसको ठूलो असर बीमा कम्पनीहरुमा परेको प्रसाईको बुझाई छ ।

‘कतिपय बैंकहरूले सात वर्षका लागि ७÷८ प्रतिशतको फ्ल्याट रेटमा कर्जा दिन थालेका छन् ।,’ प्रसाई भन्छन, ‘तर त्यसले पनि कर्जाको मागमा खास वृद्धि ल्याएको छैन । यसले के संकेत गर्छ भने अहिलेको ब्याजदर बढने सम्भावना अझै कम छ । विगतझैँ पुनः चाँडै बढ्ने संकेत पनि देखिएको छैन ।’ बीमा पोलिसीमा फेरबदल गरेर पनि बीमाको व्यवसायमा वृद्धि गर्न सकिने प्रसाईको बुझाई छ । यसैगरी, आगामी दिनमा उच्च प्रतिफल दिने प्रडक्टहरू (हाइ इल्ड प्रोडक्ट) बिक्रीमा ध्यान केन्द्रित गर्नुपर्ने समय आएको उनी बताउँछन् ।

बीमा कम्पनीलाई बीमा प्राधिकरणले बिभिन्न क्षेत्रमा लगानी गर्नको लागि अनुमति दिएको भएता पनि बीमा कम्पनीले ‘रिक्स’ लिने ठाउँमा लगानी नगरेर निक्षेपमा नै जोड दिएको कारण पनि बीमा कम्पनीमा समस्या देखिन थालेको बीमा सम्बन्धित जानकारहरुको बुझाई छ । अहिले नोपलमा प्रायजसो ‘पार्टिसिपेटिङ पोलिसी’ रहेको छ । यस्ता प्रडक्टमा बीमालेखधारीहरूले कम्पनीको नाफामा सहभागी हुने सुविधा पाउँछन् । तर,

निक्षेपसँगै बीमा कम्पनीको नाफा पनि घट्दो अवस्थामा रहेकोले बीमालेखधारीहरूले कम्पनीको नाफाबाट पाउने लाभांश पनि घट्दो अवस्थामा रहेको छ । ‘जब ब्याजदर ११/१२ प्रतिशत जति थियो, त्यो बेला हामीलाई धेरै चिन्ता थिएन । किनभने हामीले ग्राहकलाई राम्रो प्रतिशतमा बोनस रिटर्न दिन सकेका थियौं।’ प्रसाई भन्छन, ‘हाल बैंकको ब्याजदर कम हुँदा मानिसहरू बैंकमा निक्षेप राख्न अनिच्छुक हुन्छन्, जसले बीमा क्षेत्रलाई एकल बीमालेख बिक्री गर्न सजिलो हुन्छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आउँदा जीवन बीमा कम्पनीले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ७ खर्ब ३३ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ लगानी गरेका छन् । जसमध्ये सबैभन्दा धेरै निक्षेप लगानी ‘क’ वर्षको बैंकमा रहेको छ । यस क्षेत्रमा जीवन बीमा कम्पनीहरुले ५ खर्ब १४ अर्ब ४२ करोड ६६ लाख रुपैयाँ लगानी गरेका छन् ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुबीमा निर्जीवन कम्पनीले समग्र वित्त क्षेत्रमा २ अर्ब २७ करोड ३ लाख रुपैयाँ लगानी गरेको छ । यसैगरी, लघुजीवन बीमा कम्पनीहरुले वित्त क्षेत्रमा २ अर्ब १६ करोड १० लाख रुपैयाँ लगानी गरेको बीमा प्राधिकरणले जनाएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आउँदा निर्जीवन बीमा कम्पनीले बैंक तथा वित्तीय संस्थाहरुमा ६८ अर्ब ७ करोड ४३ लाख रुपैयाँ लगानी गरेका छन् । जसमध्ये सबैभन्दा धेरै वाणिज्य बैंकको मुद्दती निक्षेपमा रहेको छ । ‘क’ वर्षको बैंकको मुद्दती निक्षेपमा निर्जीवट बीमा कम्पनीको ४५ अर्ब ७० करोड ६१ लाख रुपैयाँ लगानी रहेको छ ।

बीमा प्राधिकरणको नियमअनुसार पुनर्बीमा, निर्जीवन र जीवन बीमा कम्पनीले वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा व्यवसायको ३० प्रतिशत पैसा राख्नुपर्ने व्यवस्था रहेको छ । तर, अन्य लगानीको क्षेत्र फराकिलो नभएको कारण बीमा कम्पनीले सबैभन्दा ठूलो रकम ‘क’ वर्गाको बैंकको कुद्धति निक्षेपमा लगानी गरेका छन् । यसैगरी, विकास बैंकहरुमा १० प्रतिशत, फाइनान्स कम्पनीमा ५ प्रतिशत, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको ऋणपत्रमा ३० प्रतिशत, सूचीकृत पब्लिक कम्पनीको ऋणपत्रमा २० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था रहेको छ ।

बीमा कम्पनीले आफुले राख्न पाउने व्यवस्था भन्दा धेरै पैसा मुद्दती निक्षेपमा लगानी गरेको बीमा कम्पनीहरु नै स्वीकार गर्छन । अन्य क्षेत्रको लगानी भन्दा बैंकिङ क्षेत्रको मुद्दती निक्षेपमा लगानी गर्दा सुरक्षित लगानी हुने भएको कारण पनि बीमा कम्पनीहरुले यस्तो क्षेत्रमा लगानी गर्न रुचाउँछन् । जसको कारण घट्दो ब्याजदरले बीमा व्यवसायमा नै असर गरेको प्रभुमहालक्ष्मी फाइफ इन्स्याेरेन्सका कार्यकारी अधिकृत (सिईओ) सन्तोस प्रसाईं बताउँछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime