काठमाडौं । प्रभु बैंककाे अध्यक्ष किशोरजंग कार्की नियुक्त भएका छन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले कार्कीलाई अध्यक्षमा नियुक्त गरिएको हो ।
पूर्वअध्यक्ष लीलाप्रकाश सिटौलाको कार्यकाल गत चैतमा सकिएसँगै अध्यक्ष पद रिक्त रहेको थियो । त्यसैगरी, बैंकको सञ्चालक समितिमा नयाँ सदस्यका रूपमा रमेशराज अर्याल भित्रिएका छन्।
उनी यसअघि एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए। नयाँ नेतृत्वसँगै बैंकले संस्थागत सुशासन, पारदर्शिता र दिगो वित्तीय वृद्धिमा थप सशक्त पहल गर्ने अपेक्षा गरिएको छ।






प्रतिक्रिया दिनुहोस्