कैलाली । बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने दृष्टान्त गाउँले माझ प्रस्तुत गरेकी छन् ।
दशवर्षअघि किसान बहुउद्देश्यीय सहकारी संस्थाबाट २० हजार रुपैयाँ ऋण लिएर व्यावसायिक रुपमा ब्रोइलर कुखुरापालन सुरु गर्नुभएको हो । पटक–पटक गरी रु २० हजारदेखि दुई लाखसम्म ऋण लिई उनले व्यवसाय विस्तार गरिन्।
हाल वर्षमा छ पटक चल्ला बेचेर हरेक पटक ५० हजारदेखि ६० हजार रुपैयाँसम्म मुनाफा आर्जन गर्दै आएको उनले बताए । सबै खर्च कटाएर वार्षिक तीन लाख बचत हुने गरेको उनले जानकारी दिए।
उनले लगनका साथ काम गरेमा सफलता हासिल हुने बताए । विदेश जान चाहने युवालाई स्वदेशमा नै श्रम गर्न उनले सुझाइन् । सहकारीको सहयोगको पनि उनले सराहना गरे ।






प्रतिक्रिया दिनुहोस्