काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल र नेपालका लागि चिनियाँ राजदूत चाङ सोङले भेटवार्ता गरेका छन् ।
आज भएको भेटमा भेटमा नेपाल र चीनबीचको आर्थिक क्षेत्रीय सहयोगका विभिन्न पक्षमा छलफल भएको बताइएको छ ।
गभर्नर डा. पौडेल स्विट्जरल्याण्डको बासेलमा आयोजित बैंक फर इन्टरनेशनल सेटलमेन्टस (बीआईएस) को ९५औँ वार्षिक बैठकमा सहभागी हुने क्रममा पिपुल्स बैंक अफ चाइनाका गभर्नर फान कोङसाङबीच भेटघाट भएको थियो ।
भेटमा दुई केन्द्रीय बैंकबीच द्विपक्षीय सहयोग, बैकिङ कारोबार एवम् भुक्तानी प्रणालीलाई सहज र प्रभावकारी बनाउनका लागि निरन्तर सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।






प्रतिक्रिया दिनुहोस्