काठमाडौं । हरेक वर्ष जुलाई १ तारिखमा यामाहा ग्लोबलले मनाउँदै आएको ‘यामाहा डे’ यस वर्ष पनि विशेष बनेको छ। ‘ब्रिजिङ ओल्ड एण्ड न्यू थ्रु कान्डो एक्सन’ भन्ने मूल नारासहित यामाहाले ७०औं वार्षिकोत्सव मनाएको हो।
नेपालमा यसले यामाहाको गौरवशाली इतिहाससँगै नेपाली राइडरहरूसँगको भावनात्मक सम्बन्धलाई अझ प्रगाढ बनाएको छ। यामाहा नेपालको यो वर्षको उत्सव केवल उत्सवमा सीमित नभएर यो सामाजिक र वातावरणीय योगदानसँग पनि गाँसिएको कम्पनीको दाबी छ। एमएडब्लू फाउन्डेसनको संयोजनमा नक्साल शोरूममा आयोजित रक्तदान कार्यक्रम र फ्याक्ट्री परिसरमा भएको वृक्षारोपण अभियानले यामाहाको दिगोपनप्रतिको प्रतिबद्धता देखाउँछ।
यस्तै, यामाहा ब्लुस्ट्रिक्स राइडआउट को समापन पनि सामाजिक उत्तरदायित्वसँग जोडिएको छ, जहाँ सहभागीहरूले समुदायप्रतिको सेवामूलक कार्यमा पनि योगदान पुर्याएका छन्। देशभरिका सबै यामाहा शोरूमहरूमा केक काट्ने समारोह र सडक सुरक्षा तालिमहरू आयोजना गरेर यामाहाले आफ्नो उत्सवलाई जनस्तरसँग जोडेको छ।
यामाहा नेपालका सीइओ दीपक अग्रवालले भने, ‘७० वर्षको गौरवशाली यात्रामा यामाहाले नेपालमा जुन विश्वास कमाएको छ, त्यो इनोभेसन र भावनाको मिश्रण हो। यहाँका भूगोलदेखि पुस्तासम्म, यामाहा अब केवल मोटरसाइकल होइन, स्वतन्त्रता, भरोसा र प्रगतिको प्रतीक बनेको छ। हामी सबै यामाहा परिवारका सदस्यहरू यो यात्रामा साथ दिँदै अझ उज्ज्वल भविष्य निर्माणमा लागि परौं।’
नेपालमा एमएडब्लू राइड्सको नेतृत्वमा रहेको यामाहा नेपाल हाल देशको सबैभन्दा भरपर्दो र प्रतिष्ठित दुईपाङ्ग्रे ब्रान्डमध्ये एक बनेको छ। उत्कृष्ट जापानी प्रविधि, भरपर्दो प्रदर्शन र सशक्त ग्राहक सेवामार्फत यामाहाले नेपालमा पर्फर्मेन्स, स्टाइल र विश्वसनीयताको नयाँ परिभाषा दिएको छ।
देशभर फैलिएका यामाहा टचपोइन्टहरूमा प्रिमियम ग्राहक अनुभव र दक्ष जनशक्ति विकासमा निरन्तर लगानी गर्दै यामाहा नेपाल, आगामी दिनहरूमा पनि उत्कृष्टता कायम राख्ने प्रतिबद्धतासहित अघि बढ्दै छ।






प्रतिक्रिया दिनुहोस्