Skip to content

व्यवसाय गर्न नजान्नेलाई ऋण दिँदा जनताको निक्षेप डुब्छ, मौद्रिक नीतिले मात्रै सबै कुरालाई समेट्न सक्दैनः गभर्नर डा. पौडेल

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले व्यवसाय गर्न नजान्नेलाई ऋण दिँदा जनताको निक्षेप डुब्ने खतरा रहने बताएका छन् ।

अर्थ समितिमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बाफिया लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्ता सदस्यसँगको छलफलमा उक्त कुरा बताए ।

उनले बैंकले ऋण दिँदैमा सबै ऋणी व्यापारि भएर ननिस्कने बताए । उनले व्यवसाय गर्न नजान्नेलाई ऋण दिँदा जनताको निक्षेप डुब्ने खतरा रहने बताए ।

‘देशको विकासलाई अघि बढाउने भनेको वित्तीय नीतिले नै हो । वित्तीय नीतिले लिड लियो भने मात्रै हामीले कदममा कदम मिलाउने हो, उनले भने, बैंकमा पर्याप्त तरलता रहे पनि व्यवसायी र किसानसँग पर्याप्त सीप क्षमता नभए त्यसको माग हुन सक्दैन । ऋण दिँदैमा व्यवसायी सफल भएर निस्किँदैन ।’  उनले राज्यको नीति बैंकको पैसा लिएर जनताले लगानी गर्नसक्ने खालको हुनुपर्ने बताए ।

मौद्रिक नीतिले मात्र सबै कुरालाई समेट्न नसक्ने उनको भनाइ छ । उनले सरकारले वित्त नीतिमार्फत लगानीमैत्री कार्यक्रमहरु ल्याउनुपर्ने उल्लेख गरे । वित्तीय नीतिमार्फत लिने कार्यक्रमहरुले देशलाई समृद्धीतर्फ अघि बढाउन सक्ने उनको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime