Skip to content

मौद्रिक नीति केही सहज हुनुपर्छ, नत्र कहिलेसम्म बैंकले लाभांश नदिने : अध्यक्ष कोइराला

nabil bank

काठमाडौं । बैकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बैंक तथा वित्तीय संस्थाको कहिलेसम्म लाभांश नदिने भन्दै प्रश्न उठाएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार राजधानी आयोजना प्रि मनिटरी कार्यक्रममा उनले यस्तो प्रश्न उठाएका हुन् । कोइरालाले त्यसका लागि अब राष्ट्र बैंकले केही सहज नीति लिनुपर्ने बताए ।

उनले बढ्दो खराब कर्जाका लागि बलियो सम्पत्ति व्यवस्थापन कम्पनी चाहिने बताए । कार्यक्रममा उनले ६ प्रतिश आधार दरमा लोन प्रवाह भएको बताए । तै पनि ऋण प्रवाह कम भएको उनको भनाइ छ । बिगतमा १५/१६ प्रतिशतसम्म पनि गएको लोन अहिले कम दरमा पनि नजानु भनेको डिमाण्ड नै सिर्जना नभएको उनको भनाइ छ ।

उनले रियल स्टेटसहितमा गएको लोन बाउन्स नभएसम्म अभएसम्म अर्थतन्त्रले अपेक्षित गति लिन सक्ने बताए । चालू पुँजी कर्जा नीति लागू हुनुपुर्वका लोन सेयर बजार, घर जग्गामा गएको भन्दा यी क्षेत्र बाउन्स नभएसम्म अर्थतन्त्र सुधार नहुने बताए । यसका लागि कम्तीमा २र३ वर्ष लाग्ने बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime