Skip to content

बजेटमा आएको टेक एण्ड पे को व्यवस्था परिमार्जन भइसक्योः ऊर्जामन्त्री खड्का

‘ठेकेदारसँग कार्यतालिका मागेर सुनकोशी–मरिनको काम द्रुत गतिमा अगाडि बढाउछौँ'

nabil bank

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ठेकेदार कम्पनीसँग कार्यतालिका मागेर सुनकोशी–मरिन डाईभर्सन बहुउदेश्यीय आयोजनाको कामलाई द्रुत गतिमा अगाडि बढाउने बताएका छन् ।

पूर्वाधार विकास समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले उक्त आयोजनाको टनेल निर्माणको काम सम्पन्न भइसकेको भन्दै बाँकी कामका लागि कार्यतालिका मागेर द्रुत गतिमा अगाडि बढाउन खोजिएको बताए ।

‘गत असोजमा आएको बाढीका कारण आयोजनामा केही क्षति पुगेको, आर्थिक अभाव भएको, बाढीले क्षति पुर्याएको इन्सुरेन्स नपाएको कारण आयोजना केही ढिलाई हुन पुगेको पाईन्छ, हामीले ‘वर्क सेडुल’ मागेका छौँ, नयाँ ठेक्का लगाउँदा पनि धेरै समय लाग्छ, अहिलेकै ठेकेदारबाट काम गराउन लागिपरेका छौँ’ मन्त्री खड्काले भने ।

उनले सुनकोशी–मरिन आयोजनालाई तीव्र गतिमा अगाडि बढाउन पूर्वाधार समितिबाट उपसमिति बनाएर आयोजनाको बारेमा जानकारी लिँदा आयोजना चाँडो सम्पन्न गर्नका लागि फाइदा पुग्ने बताए ।

उर्जामन्त्री खड्काले पूर्वाधार समितिमा छलफलका क्रममा रहेका विद्युत विद्येयक, २०८० र नविकरणीय उmर्जा तथा उर्जा दक्षता विद्येयकलाई सँगै अगाडि बढाएर पास गर्न समितिले तदारुकता देखाउन आग्रह गरे । ‘कुनै एक विद्येयकलाई अगाडि बढाएर अर्को विद्येयक रोक्नुपर्छ भन्ने छैन, दुबै विद्येयकलाई टुङ्ग्याउँ भन्ने हो’, उनले भने ।

उनले लामो समयदेखि थाती रहेको डेडिकेटेड र ट्रंकलाइनसम्बन्धी विद्युत वक्यौता उठाउनका लागि समिति बनाएर छानविन गरिरहेको बताए । प्रयोग गरेको विद्युतको विल कुनै हालतमा तिर्नुपर्ने मन्त्री खड्काको भनाई थियो ।

उर्जामन्त्री खड्काले वजेटमा आएको टेक एण्ड पे को व्यवस्था परिमार्जन भइसकेको बताउँदै यससम्बन्धमा भ्रममा नपर्न आग्रह गरे । उनले जलस्रोत विद्येयकका सवालमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उक्त विद्येयकका बारेमा प्रधानमन्त्री र मन्त्रीहरुले चासो राख्नु स्वभाविक भएको बताए ।

उक्त विद्येयक राष्ट्रिय सभामा पुगेकाले सो विद्येयक चाँडो राष्ट्रिय सभामा पेश हुने बताए । जलस्रोत विद्येयक समितिबाट पास गरेर प्रतिनिधीसभामा पठाउनु पूर्वाधार समिति, मन्त्रालय र सरकारको ठूलो उपलब्धी भएको मन्त्री खड्काको भनाई थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime