काठमाडौ । बैंक तथा वित्तीय संस्था परिसंघ सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायले बजारमा अधिक तरलता रहेको भन्दै अब आउने मौद्रिक नीतिले कर्जा कहाँ व्यवस्थापन गर्ने भन्नेमा ध्यान दिनुपर्ने बताए ।
खराब कर्जा व्यवस्थापनमा पनि गृहकार्य भएको, ऋण व्यवस्थापन कम्पनीमा पनि काम भइरहेको पाएको जानकारी गराए ।कोरोनापछि आएको वर्किङ क्यापिटल गाईडलाइन १० वर्षअघि आएको भए धेरै राम्रो हुने धारणाा राखे । जुन बेला आयो त्यो समय ठीक थियो कि थिएन भन्ने प्रश्न रहेको बताए ।
नेपालमा लोन बिग्रेको १ वर्षमा कालोसूचीमा पर्ने भएर लगानी गर्न सकिने अवस्था नरहेको बताए । निस्कृय कर्जा बढ्नु बैक मात्रै नभएर सामाजिक चिन्ताको विषय भएको बताए । अहिले कुनै ब्यक्तिले घर बेचेर कर तिर्छुभन्दा पनि सक्ने स्थिति नरहेको धारण राखे ।
अहिले खर्च बढेको छ । तलब बढेको छैन । ब्याज आम्दानी आधा घटेको जानकारी गराए । खराब कर्जा लुकाउनेभन्दा पनि बास्तबिक देखाउने काक भइरहेको उनले बताए । अर्थशास्त्री डा मेनुका कार्कीले मौद्रिक नीति र वित्त नीति सँगै हिँडन सके मात्रै अर्थतन्त्र सहज हुने बताइन् । प्राथमिकता प्राप्त कर्जा मौद्रिक नितिले हेर्ने हो कि बित्तिय नितिले हेर्ने भन्ने गम्भीर प्रश्न रहेको बताइन् ।
उनले मौद्रिक र वित्त नीतिमा समन्वय नभएको दाबी गरिन् । पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालले वित्त र मौद्रिक नीतिको उद्देश्य करिब उस्तै भएको बताए । कतिपय अवस्थामा बित्ति नितिले बोल्ने कुरा मौद्रिक र मौद्रिक नितिले बोल्ने कुरा बित्त नीतिले बोलेको जस्तो देखिएको धारण राखे ।






प्रतिक्रिया दिनुहोस्