काठमाडौं । मध्यराति रसुवाको भोटेकोशीमा आएको बाढीले १९३ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।
बाढीका कारण नेपाल विद्युत् प्राधिकरण र यसअन्तर्गतका आयोजनाहरुको विद्युत उत्पादन बन्द भएको हो । यो समाचार तयार पार्दासम्म रसुवागढी जलविद्युत् कम्पनीबाट उत्पादन हुने १११ मेगावाट, चिलिमेको २२ मेगावाट र त्रिशूली ३ ए को ६० मेगावाट विद्युत उत्पादन बन्द भएको छ ।
बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनाको हेडवर्क्समा क्षति पुगेको सूचना अधिकारी नरनाथ न्यौपानेले बताए । उनका अनुसार पावर हाउस भने सुरक्षित रहेको छ । बाढीमा फसेका आयोजनाका २२ जना कर्मचारीको केही समय अघि मात्रै उद्दार भएको उनले बताए ।
बाढीले चिलिमे आयोजनामा केही क्षति पुगेको बताइएको छ ।
यस्तै त्रिशूली ३ ‘बी’ को सबस्टेसन पनि पनि सामान्य क्षति भएको छ ।






प्रतिक्रिया दिनुहोस्