Skip to content

बाढीले रसुवागढीस्थित मितेरी पुल बगायो: आवतजावत ठप्प, गाडीमा क्षति

nabil bank

काठमाडौं । चीनतर्फ भीषण वर्षासँगैको आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ ।

रसुवा हुँदै चीनतर्फ आवतजावत रोकिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए । उनका अनुसार रसुवा जिल्ला गोसाइकुण्ड गाँउपालिका रसुवागढीस्थित नेपाल चीन जोडने मितेरी पुल गएरातिको बाढीले पुल बगाएको हो ।

बाढीले टिमुरेमा रहेको भन्सारको यार्ड (ड्राइपोट) मा रहेका करिब १५० वटा भन्दा बढी गाडीमध्ये अधिकांश बाढीले क्षति पुर्याएको छ । मालबाहक कन्टेर समेत बगाएको छ ।

थप क्षतिको विवरण आउन सकेको छैन ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime