काठमाडौं । सांसद विनोद चौधरीले मौद्रिक नीति र बजेटको तालमेल नमिलेका कारण बजार चलायमान हुन नसकेको बताएका छन् ।
नेपाल उद्योग परिसंघ (सीएनआई) ले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा उनले मौद्रिक नीति र बजेटको तालमेल नहुँदा बजारमा माग घटेको बताए । सीएनआईका पूर्वअध्यक्षसमेत रहेका चौधरीले अब ल्याउने मौद्रिक नीतिले निरास रहेको बजारलाई चलायमान बनाउन सक्नुपर्ने बताए ।
पुँजी बजार होस वा अन्य क्षेत्र, डिजिटल बैंकिङ होस या वित्त बजार सबै क्षेत्र चलायमान बनाउन आवश्यक रहेको उनको भनाइ छ । कार्यक्रममा उनले अहिले शिक्षा ऐन पास हुने संघारमा रहेको स्मरण गराउँदै विदेशका शैक्षिक संस्थालाई नेपालमा आउने ढोका खोल्नुपर्ने बताए । उनले यो विषय संसदमा समेत उठाउँदै आएको जानकारी गराए ।
सांसद चौधरीले अहिले एकोहोरो रुपमा नेपाली विद्यार्थीलाई अष्ट्रेलिया, क्यानडा, ब्याङलोर पठाउने गरेको स्मरण गरे । अब नेपालबाट बाहिर विद्यार्थी पठाएर डेढ खर्ब रुपैयाँ खर्च गर्ने केही व्यक्तिको दोकान बन्द गर्नुपर्ने उल्लेख गरे । विदेशका विश्वविद्यालय नेपालमा ल्याउन सके त्यो सम्भव हुने उनको तर्क छ ।






प्रतिक्रिया दिनुहोस्