काठमाडौं । नेपाल बीमा प्राधिकरणले सबै निर्जीवन तथा लघु निर्जीवन बीमकहरुलाई रसुवा जिल्ला लगायत देशका विभिन्न स्थानमा बाढी तथा पहिरोले पुर्याएको क्षतिको दाबी भुक्तानी छिटो गर्न निर्देशन दिएको छ ।
प्राधिकरणले मंगलबार सबै निर्जीवन तथा लघु निर्जीवन बीमकहरुलाई उक्त निर्देशन दिएको हो । साथै दाबी भुक्तानी गरेको विवरण प्राधिकरणमा उपलब्ध गराउन समेत निर्देशन दिएको छ ।
‘रसुवा जिल्ला लगायत देशका विभिन्न स्थानमा मिति २०८२ असार २३ गतेको अविरल वर्षा तथा बाढि पहिरोको कारण बीमितको धनसम्पतिमा हुन गएको क्षति र असहजतालाई मध्यनजर गर्दै सोबाट पर्न सक्ने दाबीलाई यथासम्भव छिटो र सहज ढंगले फछर्यौट गर्न हुन निर्देशानुसार अनुरोध गरिन्छ’ निर्देशनमा उल्लेख छ ।
प्राधिकरणले क्षतिको विवरण साप्ताहिक रुपमा ९प्रत्येक हप्ताको बिहिबार० तोकिएको ढाँचामा पेश गर्न निर्देशन दिएको छ ।






प्रतिक्रिया दिनुहोस्