काठमाडौं । प्रिओपन सेसनमा मंगलबार नेप्से परिसूचक सामान्य अंकले घट्योे।
सोमबार २२.३५ अंक घटेर २६८४.०१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.२४ अंक घटेर २६८३.७७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२६ अंक बढेको छ।
मंगलबार प्रिओपन सेसनमा ४४ स्टकको ७८ पटकको कारोबारमा ८८ लाख ४३ हजार ५२४ रुपैयाँ ५० पैसाबराबरको १७ हजार ९० कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २३ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ।






प्रतिक्रिया दिनुहोस्