काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनासम्ममा नेपालमा १५ खर्ब ३२ अर्ब रुपैयाँ रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा विप्रेषण आप्रवाह १५.५ प्रतिशतले बढेर १५ खर्ब ३२ अर्ब ९३ करोड पुगेको हो । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो ।
२०८२ जेठमा विप्रेषण आप्रवाह १ खर्ब ७६ अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह १ खर्ब २८ अर्ब ९१ करोड रहेको थियो ।
यो अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।
यो अवधिमा खुद ट्रान्सफर १६ खर्ब ६८ अर्ब ३० करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आय १४ खर्ब ४३ अर्ब १० करोड रहेको थियो ।
जेठ मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४ लाख ५२ हजार ३२४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ८ हजार ६७ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख २१ हजार ३५६ र २ लाख ६१ हवार २१० जना रहेको थियो ।






प्रतिक्रिया दिनुहोस्