काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि पूर्वगभर्नरहरुसँग सुझाव लिएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । उक्त मौद्रिक नीतिका लागि राष्ट्र बैंकले पूर्वगभर्नर तथा निर्वमान गभर्नरसँग सुझाव लिएको हो ।
बुधबार बिहान ११ बजेदेखि काठमाडौंको एक होटलमा राष्ट्र बैंक र पूर्वगभर्नर तथा निवर्तमान पूर्वगभर्नरहरुबीच छलफल भएको थियो । उक्त छलफलमा पूर्वगभर्नरहरुले आगामी आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिका लागि सुझाब दिएका छन् । उक्त छलफलमा केही पूर्वगभर्नरको सहभागिता रहेको थियो ।






प्रतिक्रिया दिनुहोस्