Skip to content

नयाँ स्टकलाई लाइसेन्स दिनुपर्छ, मेरो बुझाइ पनि त्यही होः सेबोन अध्यक्ष श्रेष्ठ

nabil bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दोस्रो स्टक एक्सचेञ्जलाई लाइसेन्स दिनुपर्ने बताएका छन् ।

आज अर्थ समितिको बैठकमा उनले नयाँ स्टकलाई लाइसेन्स दिन उपयुक्त हुन्छ भन्ने आफ्नो बुझाइ रहेको बताए । उनले आफूले देखेको पनि त्यही भएको बताए ।

‘म अध्यक्ष बन्दासम्म धेरै प्रकृयाअघि बढेको थियो । बीचमा रोकिएको थियो’ उनले भने, ‘नेपाल सरकारले मलाई जे निर्देशन दिएको छ त्योअनुसार अघि बढेको छ । त्योअनुसार काम गरेको छु ।’ उनले आफ्नो दायित्व पनि त्यही भएको बताए । नयाँ स्टक एक्सचेञ्जको विषयमा धेरै पहिलादेखि अध्ययन भइरहेको समेत उनले जानकारी गराए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime