काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार बढेको छ । बिहीबार नेप्से परिसूचक २५.८९ अंक बढेर २७३१.८० विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स ७.५५ अंक बढेको छ । यस्तै फ्लोट इण्डेक्स २.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६७ अंक बढेको छ।
बिहीबार सेयर बजारमा ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । बिहीबार कारोबारमा आएको १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ । बाँकी २ उपसमूहको परिसूचक घटेको छ। आज बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक ३.०२ प्रतिशत बढेको छ भने विकास बैंक र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यसैगरी, व्यापार र जलविद्युत उपसमूहको परिसूचक सामान्य घटेको छ।
आज माइ खोला हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । यस कम्पनीको सेयरमूल्य ८.१५ प्रतिशत बढेको हो । आज कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य यस दिन सर्वाधिक ९.९२ प्रतिशत घटेको छ।






प्रतिक्रिया दिनुहोस्