Skip to content

जासुसी गरेको आरोपमा ब्राजिलमाथि ५० प्रतिशत ट्यारिफ लगाउने राष्ट्रपति ट्रम्पको चेतावनी

nabil bank
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अगस्ट १ देखि ब्राजिलमाथि ५० प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिएका छन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत यसबारे एक पत्र सार्वजनिक गरेका छन् । उक्त पत्रमा उनले ब्राजिलले अमेरिकी प्रविधि कम्पनीहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन् ।
साथै, ट्रम्पले ब्राजिल सरकारमाथि पूर्वराष्ट्रपति जेयर बोल्सोनारोको जासुसी गरेको आरोप पनि लगाएका छन् । बोल्सोनारोमाथि ब्राजिलमा सन् २०२२ मा भएको आम चुनावको परिणाम उल्ट्याउने प्रयास गरेको आरोप लागिरहेको छ र सोही मुद्दामा अहिले उनीविरुद्ध कानुनी कारबाही चलिरहेको छ ।
ट्रम्पको घोषणापछि ब्राजिलका राष्ट्रपति लुइस इनासियो लूला दा सिल्भाले अमेरिकाविरुद्ध पनि ट्यारिफ लगाउने चेतावनी दिएका छन् । लूलाले ब्राजिल आफ्नो न्यायिक प्रणालीमा कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्ने छैन भनि प्रतिक्रिया दिएका छन् ।
लूला यसअघि पनि बोल्सोनारोविरुद्ध चलिरहेको मुद्दाबारे टिप्पणी गरिसकेका छन् । उनले भनेका थिए, “ब्राजिलले कसैको पनि हस्तक्षेप स्वीकार गर्नेछैन र कुनै पनि व्यक्ति कानुनभन्दा माथि छैन ।”
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime