काठमाडौं । विभिन्न प्रकारका भोड्का बेच्ने जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजअन्तर्गतको विजय डिष्टिलरी प्रालिको व्यापार १ अर्ब रुपैयाँभन्दा माथि रहेको छ । चालु आर्थिक वर्षको ९ महिनासम्म आउँदा यस कम्पनीले १ अर्ब १९ करोड २० लाख रुपैयाँ बरारबको व्यापार गरेको छ ।
सन् २०२४ मा कम्पनीको व्यापार १ अर्ब १० करोड रुपैयाँ मात्र थियो । ९ महिनाको अवधिमा कम्पनीको व्यापार ९ करोड २० लाख रुपैयाँले बढेको हो । यस कम्पनीले सन् २०२३ मा यस कम्पनीको व्यापार २ अर्ब १२ करोड ९० लाख रुपैयाँ थियो । कम्पनीको ब्यापार सन् २०२४ मा सन् २०२३ को भन्दा व्यापक घटेको छ ।
सन् २०२२ मा कम्पनीले २ अर्ब ८ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यसैगरी, सन् २०२१ मा २ अर्ब ६७ करोड ८० लाख रुपैयाँ रुपैयाँ बराबरको व्यापार गरेको थियो । यसैगरी, यस कम्पनीको सञ्चालन आम्दानीमा पनि उल्लेखिय सुधार आएको छ ।
यस कम्पनीले सन् २०२५ (चालु आवको ९ महिना) मा सञ्चालन आम्दानी (ओबिट्डा/ओआई) २८ प्रतिशत कमाएको छ । सन् २०२४ मा यस कम्पनीको सञ्चालन आम्दानी ७ प्रतिशत ऋणात्मक थियो । यसैगरी, सन् २०२३ मा यस कम्पनीको सञ्चालन आम्दानी ९ प्रतिशत, सन् २०२२ मा पनि ९ प्रतिशत र सन् २०२१ मा १७ प्रतिशत रहेको थियो ।
यस कम्पनीले अल्पकालिन तथा दिर्घकालिन कर्जाको लागि ९१ करोड २० लाख रुपैयाँ बराबरको कर्जाको रेटिङ गराएको छ । कम्पनीको उक्त कर्जालाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपि एफो’ रेटिङ दिएको छ । यसले कम्पनीको अल्पकालिन ऋण तिर्न सक्ने क्षमता कमजोर रहेको देखाउछ । कम्पनीले कम्पनीले विभिन्न प्रकारका ८ ब्रान्डको मदिरा बेच्दै आएको छ ।
यस कम्पनीले सन् १९७३ देखि रुस्लान भोड्का बिक्री वितरण गर्दै आएको छ । सन् २०२३ को फेब्रुअरीदेखि अन्तर्राष्ट्रिय चर्चित ब्रान्ड स्की भोड्का पनि बिक्री वितरण गरिरहेको छ ।
कम्पनीले अन्तर्राष्ट्रिय उत्पादक कम्पनीहरुसँग सहकार्य गरेर नेपाली बजारमा कारोबार गर्दै आएको छ । देशभर २४० भन्दा बढी सब–डिलर रहेको कम्पनीका अध्यक्ष विजयकुमार शाह हुन् । ब्लू डाइमन्ड जिन र गोल्डेन वोक ब्लेन्डेड ह्वीस्की ब्रान्डको मदिरा सबैभन्दा धेरै ब्यापार हुने मदिरा हो ।






प्रतिक्रिया दिनुहोस्