Skip to content

नाइमा मोबिलिटी शोमा उपभोक्ताले धेरै नयाँ कुरा पाउनु हुन्छ, गाडी किन्दा फिचर पनि हेरौः अध्यक्ष वैद्य

nabil bank

गत मंगलबार बिहान ३ बजे रसुवाको भोटेकोशीमा बाढी आएको छ । बाढीले धेरै नै क्षति पुर्याएको छ । बाढीको असर अटो व्यवसायमा पनि परेको छ । केही गाडी बाढीले बगाएको छ । सडक पूर्वाधार पनि भत्काएको छ । यसले अटो क्षेत्रमा कस्तो प्रभाव पर्छ ?

नेपाल अटोमोबाइल्स इम्पोट्र्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले साउन २१ देखि २५ गतेसम्म राजधानीको भृकुटीमण्डपमा ‘नाइमा मोबिलिटी शो’ गर्ने तयारी गरेको छ । त्यसमा बाढीले केही असर गर्छ की गर्दैन ?

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी गरेको छ । त्यसमा नाइमाको अपेक्षा के कस्तो छ । यी र यस्तै विषयमा केन्द्रित रहेर नाइमा अध्यक्ष रितु सिंह वैद्यसँग लगानी न्यूजका लागि सोभित थपलियाले गरेको कुराकानीः

नाइमा मोबिलिटी शो गर्दै छु, रसुवामा आएको बाढीले गाडीमा पनि धेरै क्षति पुर्याएको छ, यसले शोलाई केही फरक पर्छ कि पर्दैैन ?

मंगलबार बिहान ३ बजे रसुवाको भोटेकोशीमा आएको बाढीले धेरै नै धनजनको क्षति भएको छ । गाडीभन्दा पनि मानिसको क्षति धेरै ठूलो हो । यसले हामी सबैलाई दुःखी बनाएको छ ।
बाढीले अहिलेसम्म ३५ वटा जति गाडीमा क्षति पुग्यो, केही कन्टेनर बग्यो भनिएको छ । बाढीले नाइमाका सदस्यहरूलाई पनि असर पारेको छ । जे नहुनु थियो, त्यो भयो नै । अब हामीले त्यो क्षतिलाई सम्झेर बसेर मात्रै पनि हुँदैन । अब हामी यसबाट अघि बढ्नै पर्छ । भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म हुने नाइमा मोबिलिटी शोलाई धेरै असर नपर्ला । नाइमाले मोबिलिटी शो, नाडाले अटो शो गर्दैै हुनुहुन्छ ।

यसबाट उपभोक्ताले दुई वटालाई विकल्प पाए । यसले व्यापारीलाई फाइदा होला की बेफाइदा ?

दुईपांग्रे तथा चारपांग्रे व्यापारीका लागि यो शो महापर्व हो । यसलाई हामीले सकारात्मक रूपमा नै हेर्नुपर्छ । नाइमाको जुन मोबिलिटी शो गर्दै छ, त्यसमा बढी फोकस हुने भनेको दुईपांग्रे तथा चारपांग्रे सवारीमा हो । नाइमाले यहाँ उत्पादन र आयात गर्नेलाई सहजीकरण गर्ने हो । यातायातका क्षेत्रमा दुईपांग्रे तथा चारपांग्रे सवारीको उपस्थिति बाक्लो छ । नाइमामा धेरै जस्तो आयातकर्ता हुनुहुन्छ । उहाँहरूको हितका लागि नै काम गर्ने हो । त्यसैको लागि शो आयोजना गरेको हो ।

यस पटकको अटो शोमा पहिलाको भन्दा फरक के हुन्छ ?

यस पटकको अटो शोमा धेरै गरेको अपेक्षा भनेको जो अवलोकनकर्ता तथा ग्राहक आउनु हुन्छ उहाँहरूका लागि नयाँ अनुभूति गराउनु हो । मेला अवलोकन गर्नेले केही न केही नयाँ अनुभूति गरेर जान पाउनुपर्छ भन्ने लागेको छ । त्यहाँभित्र हुने विभिन्न नयाँ–नयाँ मोडलका सवारी साधनको अवलोकनदेखि विभिन्न अन्तक्रियामा सहभागी जनाउन सकिने छ ।

हरेक वर्षको अटो शोमा एसेम्बल उद्योगका विषयमा छलफल हुने गर्छ । तर, कार्यान्वयन धेरै भएको छैन नि ?

नेपालमा एसेम्बल उद्योग खुल्दै नखुलेको भन्ने त होइन नि ! खुलिरहेका छन् । नेपालमा दुईपांग्रे सवारीको एसेम्बल भइरहेको छ । चारपांग्रेमा पनि भइरहेको छ । थोरै गाडीका लागि एसेम्बल उद्योग खोल्न सम्भव छैन । यस्तो अवस्थामा एसेम्बली गर्नुभन्दा आयात नै उपयुक्त हुन्छ । हजारभन्दा कम गाडीका आयात हुने स्थितिमा उद्योग खोलेर काम छैन । लागत मात्रै धेरै हुन्छ । हजारौं गाडी खपत हुने भयो भने मात्रै एसेम्बल गर्न सकिन्छ । एसेम्बल गर्दा धेरैदेखि थोरै मूल्यका गाडी उत्पादन गर्नुंपर्यो । लक्ष्मी ग्रुपको कुरा गर्दा बीएमडब्लूको नेपालमा एसेम्बल सम्भावना छैन ।

रसुवामा आएको बाढीका कारण अटो व्यवसायीको दसैंंको व्यापावरमा केही असर पर्ला कि नपर्ला ?

रसुवामा आएको बाढीले धेरै नै क्षति पुग्यो भनिएको छ । अहिले हामीले बुधबार यो कुरा गर्दासम्म ३५ वटा विद्युतीय सवारी साधान, ६ वटा कन्टेनर लगायतमा क्षति पुगेको भनिएको छ । यो संख्याको हिसाबले थोरै भए पनि रकमको हिसाबले धेरै हुनसक्छ । १२ हजार गाडी आउने गरेकामा अहिले ३५ वटा गाडीमा क्षति पुग्यो भनिएको छ । संख्याको हिसाबले यो धेरै छैन ।


हामीले तत्कालका लागि मात्रै व्यापार गर्ने होइन । अहिले तत्काल हेर्दा चाड आएको छ । अहिले जुन क्षति भएको छ त्यसलाई हामीले कसरी कम्पन्सेट गर्ने भनेर ध्यान दिनुपर्ने छ । कसरी व्यापारलाई आफ्नो लयका कायम राख्ने भन्नेमा ध्यान दिनुपर्ने छ ।

अहिले तत्काल हेर्दा ३५ वटा गाडीमा क्षति पुग्यो, केही कन्टेनर पनि छन् । बाढीका कारण सडक पूर्वाधारमा धेरै क्षति भएको छ । सडक तत्काल बनेन भने आयात गर्दा समस्या पर्ला नि ?

रसुवाको भोटेकोशीमा बाढी आएपछि प्रधानमन्त्री, मन्त्रीलगायत सरोकारवाला निकायका अधिकारीहरूले अनुगमन गर्नुभएको छ । चीनले उक्त क्षेत्रमा दुईदेखि तीन सातामा पूर्वाधार बनाउने भनेको सुनिएको छ । त्यो बाटो चीनले बनायो भने हामीलाई धेरै फरक पर्दैन । हाम्रो व्यापार पुरानै शैलीमा जान सक्छ ।

आगामी मौद्रिक नीतिका लागि नाइमाले राष्ट्र बैंकलाई के सुझाव दिएको छ ?

राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिका लागि हामीले तीनवटा सुझाव दिएका छौं । कर्जा अनुपात व्यवस्थालाई अन्तर्राष्ट्रिय मापदण्ड, सवारीको प्रकृति र बजारको मागअनुसार पुनरावलोकन गरिदिन भनेको छौं ।

सबै प्रकारका सवारीका लागी ८० प्रतिशत र २० प्रतिशत कर्जा अनुपात कायम गरिदिन अनुरोध गरेका छौं । चिनियाँ उत्पादन चीनमै उत्पादन भई चीनबाट नै ढुवानी हुने अवस्थामा लाभग्राही कम्पनी जुनसुकै देशको भए पनि आयातकर्तालाई चिनियाँ युआनमा एलसी खोल्न अनुमति दिन नेपाल राष्ट्र बैंक समक्ष हामी अनुरोध गरेको छ ।

कर्जाका लागि जोखिम भारित सम्पत्तिको दर अहिलेको १०० प्रतिशत बाट ७५ प्रतिशतमा घटाउन सुझाव दिएको छ । सवारी साधनको मूल्य टिकाउ र पुनर्बिक्री सम्भावना राम्रो भएकाले यो परिवर्तनले कर्जा सजिलै उपलब्ध गराउन मद्दत गर्ने छ र यसले बजारलाई बढावा दिन्छ र वित्तीय सुरक्षा पनि कायम राख्ने जनाएको छ ।

गभर्नरलाई भेटेर दिएको सुझाव कार्यान्वयन हुनेमा तपाईं कत्तिको विश्वस्त हुनुहुन्छ ?

हामीले निकै सकारात्मक गभर्नर पाएका छौं । उहाँ एजुकेटेड पर्सन पनि हुनुभयो । उहाँले हाम्रो सबै कुरा सुन्नुभयो । यहाँले हाम्रा हरेक चासोका विषयमा ध्यान दिएर सुन्नुका साथै केही विषयमा कुराकानी पनि भयो । उहाँले हाम्रो माग पूरा गर्नुहुन्छ भन्ने लागेको छ ।

नेपालमा विद्युतीय सवारी (ईभी) आयात निकै बढिरहेको छ । के कारण होला ?

यसमा हामीले हेर्नुपर्ने भनेको हाम्रो सरकारले लिने नीति, कर, ईभीमा हुने लागत, कर्जाका प्राथमिकता लगायतका विषय हो । त्यसैले ईभीसँग इन्धनवाला गाडी र हाइब्रिडको तुलना हुँदैन । ईभीमा २६, २८ प्रतिशत कर, इन्धनवालाको १५० प्रतिशत छ । यसले नै धेरै फरक परेको छ भने आकर्षण त बढी नै भै हाल्छ ।

नेपालमा धेरै ब्रान्डका गाडी आयात हुने गरेका छन् । कतिपय ब्रान्ड आएको केही समयमा नै हराउँछन्, यसले उपभोक्तालाई कस्तो प्रभाव पर्ला ?

यो भएको भनेको हाम्रो नीतिगत विषयका कारण हो । नयाँ ब्रान्ड आउँदा कार सस्तो होला । तर, अब उपभोक्ताले पनि ध्यान दिनुपर्छ । सबै सस्तो राम्रो हुँदैन । गत वर्षको अटो शोमा २७ वटा नयाँ ब्रान्ड आएका थिए । तर, अहिले कतिपयको नाम पनि सुनिँदैन ।

गाडी किन्दा मूल्य मात्रै होइन, त्यसको विशेषता हेरौं । हाम्रो लागि कत्तिको उपयोगी हुन्छ त्यो पनि हेरौं । त्यो कम्पनी कस्तो हो त्यसमा पनि अध्ययन आवश्यक छ । नाइमा भित्र दुवै गाडी बिक्री गर्ने व्यापारी हुनुहुन्छ ।

तपाईंहरूले नीतिगत रूपमा सरकारलाई लबिङ गर्दा कसरी गर्नुहुन्छ । यस्तै विषयमा नाइमाभित्र द्वन्द्व सुरु भयो भन्ने चर्चा पनि छ नि ?

हामीभित्र त्यस्तो केही पनि द्वन्द्व छैन । म नाइमाको अध्यक्ष हो । मैले हेर्दा ईभी, आइस, हाइब्रिड सबै बराबरी हो । सबैले सबै क्षेत्रमा काम गरिरहनु भएको छ । कुनै सदस्यले एकै कम्पनीबाट तीनवटै काम गरिरहनु भएको छ ।

नाइमाले सबै सदस्यको हितमा बोल्नुपर्छ । व्यक्ति हो भने आफ्नो कुरा गर्ने हो । संस्थामा भएपछि संस्थागत रूपमा सबैको कुरा बोल्नु पर्छ । हामीले सबैलाई समान व्यवहार गरिरहेका छौं ।

तपाईं अहिले शार्क ट्यांकमा देखिनुभएको छ, त्यहाँ कसरी पुग्नुभयो ?

सार्क ट्ंयाकमा म पुग्नुभन्दा पनि उहाँहरू मलाई खोज्दै आउनु भएको हो । यसमा म धेरै नै खुसी छु । त्यसले उद्यमशीलतामा काम गरेको छ ।

नेपालमा उद्यमशीलता विकास कसरी भइरहेको पाउनुभयो ?

नेपालमा उद्यमशीलता विकासको काम अलि कम नै रहेको छ । शार्क ट्यांक जस्तो कार्यक्रमले हामीलाई उद्यमशीलता विकासमा धेरै नै सहययोग गर्छ । हामी त्यहाँ भएपछि धेरै नै फोन आउने गरेको छ । हामीलाई पनि सहयोग गर्छां भन्नेहरू धेरै नै हुनुहुन्छ । यसले रोजगारी सिर्जना गर्न मद्दत गर्छ ।

शार्क ट्यांकमा बसेर हेर्दा उद्यमशीलता विकासमा नेपालले कुन क्षेत्रमा बढी सम्भावना होला ?

नेपालमा आईटी क्षेत्रको सम्भावना धेरै नै छैन । आईटीमा लगानी बढाउने हो भने हामीले धेरै रकम भित्र्याउन सकिन्छ । आईडीको सेवा हामीले निर्यात गर्न सक्छौं । त्यो खालको एप बनाउन आवश्यक छ । अर्थमन्त्रीले आगामी आवको बजेट त्याउँला अर्थ मन्त्रीले यसलाई प्राथमिकतामा राख्नुभएको छ ।

यो नेपालका लागि मात्रै होइन । कृषि, घरेलु उद्योगमा सम्भावना छैन । पूर्वसभासद शान्ता चौधरी पनि आउनुभएको थियो । उनले पनि धेरै राम्रो काम गर्नुभएको छ । नेपालमा पहिलाहरू आफंै केही गरौं भन्ने चाहनुहुन्छ । त्यसका लागि उहाँहरूले घरबाट बाहिर निष्कासन खोजिरहनु भएको हुन्छ । यो राम्रो हो ।

तपाईले आफ्नो लगानी अब कहाँ–कहाँ विस्तार गर्दै हुनुहुन्छ ?

शिक्षा क्षेत्र, आईटी क्षेत्रमा लगानी हुँदैछ । कस्मेटिकमा पनि छ । क्लाइमेट चेन्जले पारेको प्रभावका क्षेत्रमा लगानी थपिँदै छ ।

शार्क ट्यांकमा कति स्टार्टअपमा कति रकमको  लगानी विस्तार गर्दै हुनुहुन्छ ?

समग्रमा ४० करोड छ । मैले मात्रै करिब ५ करोड जति लगानी विस्तार गर्दैछु । त्यहाँ हामी ५ जना छौं ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime