काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा २० वाणिज्य बैंकले ५४ अर्ब रुपैयाँ बराबरको नाफा आर्जन गरेका छन् । जेठ मसान्तसम्म वाणिज्य बैंकहरुले ५३ अर्ब ९७ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस अवधिमामा सबैभन्दा धेरै नाफा कमाउने बैंक नबिल र ग्लोबल आइएमई बैंक रहेको छन् । चालु आवको ११ महिनामा यी बैंकले ६ अर्ब रुपैयाँभन्दा धेरै नाफा आर्जन गर्न सफल भएका छन् ।
यसैगरी, सबैभन्दा धेरै नाफा कमाउने तेस्रो बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । यस बैंकको नाफा चालु आवको ११ महिनासम्म आउँदा ५ अर्ब रुपैयाँभन्दा धेरै रहेको छ ।
यस अवधिसम्म आउँदा एभरेष्ट बैंकको नाफा पनि ४ अर्ब रुपैयाँभन्दा माथि रहेको छ । यस अवधिमा ३ अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाउने बैंकहरु एनएमबि बैंक र नेपाल बैंक रहेका छन् ।
यस अवधिमा ७ बैंकको नाफा २ अर्बभन्दा धेरै रहेको छ भने बाँकी बैंकहरुको नाफा २ अर्बभन्दा तल रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
https://datawrapper.dwcdn.net/2KkIC/2/






प्रतिक्रिया दिनुहोस्