काठमाडौं । नेपाल राष्ट्र बैंकले अहिलेसम्म तेस्रो पटक असार महिना मै मौद्रिक नीति ल्याउने भएको छ । यो सहित तेस्रो पटक मौद्रिक नीति असारमा आउन लागेको हो ।
पहिलो पटक २०५९ साल असार ३२ गते मौद्रिक नीति ल्याइएको थियो ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ कार्यान्वयनमा आएपछि २०५९ असार ३२ गते तत्कालीन गभर्नर तिलक रावलले असार ३२ गते मौद्रिक नीति ल्याएका थिए । उनले उक्त समयमा आर्थिक वर्ष २०५९/६० का लागि पहिलो मौद्रिक नीति सार्वजनिक गरेका थिए । तत्कालिन समयमा दरबार हत्याकाण्ड भएको थियो । माओवादीले गरेको जनयुद्धका कारण अर्थतन्त्र जटिल बनेको थियो ।
यस्तै दोस्रो पटक २०६८ असार २७ तत्कालिन गगभर्नर डा. युवराव खतिवडाले मौद्रिक नीति ल्याएका थिए । उनले पनि असारमा नै मौद्रिक नीति ल्याएका हुन् । अहिले गभर्नर गभर्नर डा. विश्वनाथ पौडेलले तेस्रो पटक असारमा नै मौद्रिक नीति सार्वजनिक गर्दैछन् । यो उनको कार्यकालको पहिलो मौद्रिक नीति हो ।






प्रतिक्रिया दिनुहोस्