Skip to content

एक घन्टापछि मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।

राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति आज ल्याउन लागेका हुन् । मौद्रिक ल्याउनु पुर्व यो साताको सुरुदेखि नै व्यवस्थापन तथा सञ्चालकको बैठक पटक– पटक राखिरहेका छन् ।

आज मौद्रिक नीति ल्याउन लागेका पौडेलले बिहीबार बिहान व्यवस्थापन समितिको बैठक बोलाएका थिए । यस्तै शुक्रबार साँझ ५ बजेका लागि सञ्चालक समितिको बैठक बोलाइएको थियो । शुक्रबार साँझ लामो समय बसेको बैठकमा देशको वर्तमान आर्थिक अवस्थाका बारेमा छलफल भएको थियो ।

उक्त बैठकमा मौद्रिक नीतिको बारेमा छलफल नभएको बताइएको छ । आज बिहान बसेको बैठकमा मौद्रिक नीति पास भएको हो । आजै साढे १२ बजे मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime