काठमाडौं । माबिलुङ्ग इनर्जी कम्पनीले अहिले आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको छ ।
चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १०६.९५ रुपैयाँ छ । यस्तै प्रति सेयर आम्दानी १.५२ रुपैयाँ रहेको छ । आव २०८१/८२ मा नेटवर्थ १०२.९२ पैसा हुने, प्रति सेयर आम्दानी ०.०८ रुपैयाँ ऋणात्मक हुने प्रक्षेपण रहेको छ । यस्तै आव २०८२/०८३ मा नेटवर्थ १११.५९ रुपैयाँ र आम्दानी ८.६७ पैसा हुने प्रक्षेपण रहेको छ ।
यस्तै आव २०८३/०८४ मा नेटवर्थ १२२.४९ रुपैयाँ र आम्दानी १०.८९ रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ ।
कम्पनीले ४.९५ मेगावाटको माथिल्लो पिलुवाखोला—३ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाका प्रति मेगावाट लागत २२ करोड ९५ लाख रुपैयाँ रहेको छ । आयोजनामा कुल लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ रहने अनुमान रहेको छ ।
आयोजनाको ठूला सेयरधनीमा विभिन्न कम्पनी तथा व्यक्ति रहेका छन् । आयोजनामा एसियन लाइफ इन्स्योरेन्सको ५ लाख कित्ता, गुहेश्वरी मर्चेन्ट बैंकिङको ४ लाख कित्ता, एशियन क्यापिटलको १ लाख कित्ता, ग्लोरी क्यापिटलको ५ लाख ६५ हजार १० कित्ता, ट्रष्ट इनर्जीको १ लाख ५० हजार कित्ता, इन्द्र मण्डल राइको १ लाख कित्ता, ग्रो क्यापिटलको ३२ हजार कित्ता, रिमेश बहादर राजभण्डारीको २५ हजार कित्ता, राजेश कुमार सरावगीको २५ हजार र लक्ष्मी ओझाको २० हजार कित्ता सेयर स्वामित्व रहेको छ ।
कम्पनीको सञ्चालक समितिका अध्यक्षमा एशियन लाइफका प्रतिनिधि होम बहादुर श्रेष्ठ रहेका छन् । उनी इन्स्योरेन्सका मार्केटिङ विभाग प्रमुख हुन् । यस्तै सञ्चालकमा आँचल मास्के र गुहेश्वरी मर्चेन्ट बैंकिङ इण्ड फाइनान्सका प्रतिनिधि शिव राज भण्डारी रहेका छन् ।






प्रतिक्रिया दिनुहोस्