काठमाडौं । चौधरी समूहले सञ्चालनमा ल्याएको होटल चितवन कम्पनीले सन् २०२४ को ७ महिनामा ६ करोड १२ लाख रुपैयाँको व्यापार गरेको छ । यस होटलको व्यापार अघिल्लो वर्षको भन्दा घटेको छ। सन् २०२३ मा यस कम्पनीले १२ करोड ८४ लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
यसैगरी, यस होटलले सन् २०२२ मा ११ करोड ४३ लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२१ मा यस कम्पनीले ७ करोड ४३ लाख रुपयाँ बराबरको व्यापार गरेको कम्पनीले जनाएको छ । यस कम्पनीको सञ्चालन आम्दानी (ओबिड्टा/ओआई) सन् २०२४ को सात महिनामा १० प्रतिशत रहेको छ । सन् २०२४ का कम्पनीको यस्तो आम्दानी २४.२ प्रतिशत रहेको थियो ।
यसैगरी, सन् २०२२ कम्पनीको ओबिड्टा ०.८ प्रतिशतले ऋर्णात्मक रहेको थियो । सन् २०२१ मा ३१.२ प्रतशित रहेको होटलको ओबिड्टा सन् २०२२ मा ऋणात्मक बनेको हो । सन् २०२० मा यसको यस्तो आन्दानी ०.१ प्रतिशत रहेको थियो । यस होटलले १ अर्ब २६ करोड २९ लाख रुपैयाँ ऋणको पनि रेटिङ गराएको छ । होटलले अल्पकालीन तथा दीर्घकालीन ऋणको लागि रेटिङ गराएको हो । यस कम्पनीको ऋणलाई रेटिङ एजेन्सी कम्पनी इक्रा नेपालले ‘इक्राएनपी–एफोर’ रेटिङ दिएको छ।
यो होटल १०८० मा स्थापना गरिएको हो । यो होटल चितवनको भरतपुरमा रहेको छ। थ्री–स्टार यस होटलमा ४८ वटा कोठा छन् । यसैगरी, यस होटमा ७० खुद्रा पसलहरू तथा मल्टिप्लेक्स रहेको एउटा कमर्शियल मल पनि समावेश छन्। यस कम्प्लेक्सको कुल निर्माण क्षेत्रफल १ लाख ८० हजार वर्ग फिट रहेको छ । होटल ‘विवान्ता’ ब्रान्ड अन्तर्गत सञ्चालनमा छ भने कमर्शियल मल ‘सीजी ल्यान्डमार्क’ नामबाट परिचित छ । यस कम्पनीमा निर्वाणकुमार चौधरी ५३.३ प्रतिशत, सारिका चौधरीको ६.५ प्रतिशत र एपोलो क्यापिटल इन्भेस्टमेन्ट कम्पनीको ४०.२ प्रतिशत सेयर स्वामित्व रहेको छ ।






प्रतिक्रिया दिनुहोस्