Skip to content

सामान्य प्रशासन र भूमि व्यवस्था, सहकारी मन्त्रीको अडियो छानविन गरी कारबाही गर्न सांसदको माग

nabil bank

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विभिन्न सांसदहरुले दुई मन्त्रीको घुस प्रकरणका विषयमा जानकारी गराउन माग गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले कर्मचारी सरुवामा ७८ लाख डिल गरेका विषयमा छानविन गर्न र दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), माओवादी पार्टी लगायतका सांसदले मन्त्रीको घुसको अडियोका विषयमा छानविन गर्न र प्रधानमन्त्रीले जवाफ दिन समेत माग गरेका छन् । रास्वपा सांसद सुमना श्रेष्ठले यो विषयमा छानबिन गर्न माग गरिन् ।

‘कास्कीको मालपोत कार्यालयमा को पठाउने भन्नेबारे सेटिङ, जिल्लाको भूमि आयोगमा सेटिङ भूमि विधेयक फास्टट्रयाकबाट पास गर्न खोजेको कुरो त बुझ्यौ नी,’ सांसद श्रेष्ठले भनिन्, ‘आफू अनुकूल मान्छे, आफू अनुकूल कानुन, एउटा मन्त्रीले अर्को मन्त्री पोलेको छ । यसको छानबिनको माग गर्दछौँ ।’

सांसद दुर्गा राईले ‘सरकार भ्रष्टाचारमा व्यस्त छ, मुलुक बिचौलीयाहरुले चलाइ राखेका छन्’ भन्ने कुरालाई सरकारका कामले पुष्टि गर्दै आएको बताइन् । मन्त्रीको घु्सको डिल बाहिरिएपछि सरकारले छानविन गर्न समेत माग गरिन् ।

‘कास्की मालपोत कार्यालय कास्कीका तत्कालिन प्रमुखको सरुवा रोक्न बिचौलीयासँग सामान्य प्रशासनमन्त्रीले गरेको ५३ लाखको डिल र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाखको डिल गरेको अडियो सार्वजनिक भएको छ’ उनले भनिन् ‘यो विषयमा भूमि व्यवस्था तथा सहकारी मन्त्री पनि जोडिनु भएको छ । यी विषयमा प्रधानमन्त्रीले संसदमा जानकारी गराउन माग गर्दछु ।’ मन्त्रीहरु घुसको डिल गर्ने र सांसदहरु कहिलेसम्म सुनि रहने भन्दै प्रश्न गरिन ।

सांसद रेखा शर्माले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले कर्मचारी सरुवामा ७८ लाख डिल गरेका विषयमा के भएको हो । प्रधानमन्त्रीलाई संसदमा जानकारी गराउन अनुरोध गर्दछु ।

यसको छानविन गरेर दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेकी छिन् । अन्यथा सरकारको एक वर्षको उपलब्धी यही हुने समेत उनको भनाइ छ । सांसद सुदन किरातीले दुई मन्त्रीका विषयमा आएको कुरा के हो ? त्यसको जानकारी माग गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime