Skip to content

श्रीलंकामा जुनमा ६३ करोड ५० लाख डलर रेमिट्यान्स प्राप्त

nabil bank

कोलम्बो । श्रीलंकाको केन्द्रीय बैंक (सीबीएसएल) को पछिल्लो तथ्यांकअनुसार विदेशमा रहेका श्रीलंकाका नागरिकले जुन महिनामा ६३ करोड ५७ लाख अमेरिकी डलर विप्रेषण पठाएका छन् । यो सन् २०२४ को जुनको तुलनामा २२ प्रतिशतले बढी हो ।

सन् २०२४ मा कुल विप्रेषण ६ अर्ब ५७ करोड डलर प्राप्त भएको थियो । सन् २०२५ को जनवरीदेखि जुनसम्मको अवधिमा विप्रेषण ३ अर्ब ७० करोड डलरभन्दा बढी रहेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.९ प्रतिशतले बढी हो ।

श्रीलंकाका लागि विप्रेषण नै वैदेशिक आयको प्रमुख स्रोत हो ।
श्रीलंकाबाट सन् २०१९ मा तीन लाख १२ हजार ८३६ जनाले वैदेशिक रोजगारीका लागि विदेशिएका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime