Skip to content

काठमाडौंमा पनि खुल्यो ‘करेन्ट पोइन्ट’, करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्जा लिन पाउने

nabil bank

काठमाडौं । करेन्ट नुडल्सको उत्पादक यशोदा फुड्सले आफ्नो लोकप्रिय आउटलेट करेन्ट पोइन्टको नयाँ शाखा काठमाडौंमा सञ्चालनमा ल्याएको छ।

बुटवलमा रहेको करेन्ट पोइन्टको सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै कम्पनीले शुक्रवारदेखि काठमाडौंको अनामनगरमा आफ्नो दोस्रो आउटलेट सञ्चालनमा ल्याएको हो।

सिंहदरबारको विपरीत दिसामा, न्यु प्लाजा जाने बाटोमा खोलिएको यस करेन्ट पोइन्टको उद्घाटन समारोहमा चर्चित अभिनेत्री तथा करेन्ट नुडल्सकी ब्रान्ड एम्बेसडर केकी अधिकारीको पनि उपस्थिति रहेको थियो।

समारोहमा बोल्दै यशोदा फुस्सका अध्यक्ष चुन्न प्रसाद पौडेलले बुटवलमा करेन्ट पोइन्टले पाएको माया र सफलताले आफूहरूलाई काठमाडौंमा शाखा विस्तार गर्न प्रेरित गरेको बताए।

उनले भने, काठमाडौंका नुडल्स पारखीहरू, विशेष गरी पिरो र चट्टपट्टे स्वाद मन पराउनेहरूका लागि एउटा उत्कृष्ट गन्तव्य बनाउने हाम्रो लक्ष्य हो। हामी आशा गर्दछौं, करेन्ट पोइन्टले यहाँका उपभोक्ताहरूको स्वादको चाहनालाई अवश्य पूरा गर्नेछ ।

करेन्ट पोइन्टमा करेन्ट नुडल्सका विभिन्न परिकारहरू उपलब्ध हुनेछन्। यहाँ ग्राहकहरूले करेन्ट चाउचाउका यस्ता विभिन्न नयाँ परिकारहरूको स्वाद लिन पाउनेछन्, जुन उनीहरूले पहिले कहिल्यै चाखेका छैनन्।

साथै, ग्राहकहरूले आफ्नो रुचि अनुसारको मसला र स्वाद पनि रोज्न सक्नेछन्। विशेष गरी युवापुस्तामाझ लोकप्रिय रहेको करेन्ट चाउचाउको यो नयाँ आउटलेले काठमाडौंवासीलाई नौलो र डेलीस्यस स्वादको अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ।

करेन्टका पारखीहरूले अब अनामनगरमा रहेको करेन्ट पोइन्टमा गई विभिन्न प्रकारका स्वादिष्ट र चट्टा नुडल्सको मजा लिन सक्नेछन्।
सन् २०१७ मा स्थापित यशोदा फुड्सले नेपालको एक अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनी हो। गुणस्तर र नवीनताप्रति प्रतिबद्ध यस कम्पनीले छोटो समयमै नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ।

कम्पनीले करेन्टु ब्रान्ड अन्तर्गत विभिन्न प्रकारका पिरो तथा स्वादिष्ट चाउचाउहरू उत्पादन गर्दछ, जुन विशेष गरी युवापुस्तामाझ अत्यधिक लोकप्रिय छ। करेन्ट बाहेक, कम्पनीले चिज बल्स, स्टिक्स, पोट्याटो क्र्याकर्स, तथा अन्य विभिन्न प्रकारका खाजाहरू (स्न्याक्स) पनि उत्पादन गर्दै आएको छ। स्थानीय नेपाली स्वादलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरमा प्रस्तुत गर्नु यशोदा फुड्सको मुख्य विशेषता हो।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime