Skip to content

डा‍. अरुण सायमीको त्यो आग्रह, मीनबहादुर गुरुङले बनाए त्रिवि शिक्षण अस्पतालमा साढे १९ करोडको २ भवन

nabil bank

काठमाडौँ । भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले त्रिवि शिक्षण अस्पतालको विस्तारित सेवा भवन निमार्ण सम्पन्न गरेर हस्तान्तरण छन् । उनको लगानी रहेको उक्त भवन सोमबारबाट सञ्चालनमा आएको हो ।

गुरुङले ९ करोड ५० लाख लागतमा ईएचएस भवन निमार्ण गरेर हस्तान्तरण गरेका हुन् । गुरुङले यसअघि पनि टिचिङ अस्पतालमा १० करोड रुपैयाँ लागतमा इमेरजेन्सी भवन निमार्ण गरेका थिए । उनले स्वर्गीय बुवा वृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको स्मृतिमा उक्त भवन निमार्ण गरेकोर हस्तान्तरण गरेको बताए ।

‘२०६७ सालमा डा. अरुण सायमीले टिचिङ अस्टपतालको इमरजेन्सी भवनको खाँचो छ, बनाई दिनुहुन्छ भनेर सोध्नु भएको थियो’ उनले पुराना दिन सम्झदै भने, ‘ब्यवसायीले भवन बनाउन मिल्छ भनेर उहाँले भन्नुभयाे । त्यसपछि २०६८ सालमा  भवन बनाउने प्रक्रिया अगाडी बढाएका थियौ र इमरजेन्सी भवन हस्तान्तरण गर्यौ, पछि फेरि विस्तारित सेवा भवन निमार्ण पनि बनाई दिन उहाँले आग्रह गर्नुभयो ।’ उनले यो पनि सम्पन्न भएको बताए । गुरुङले २ पटकमा १९ करोड ५० लाख लागतमा २ वटा भवन बनाएका छन् । ९ करोड ५० लाख लागतमा ईएचएस भवन आज हस्तान्तरण भएको हो ।

यसअघि २०६७ मा इमेरजेन्सी भवन बनाइदिएका थिए । आयोतिज कार्यक्रममा गुरुङले आगामी दिनमा बिना स्वार्थ यस्ता सामाजिक कार्य गर्दै जाने बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime