Skip to content

स्वास्थ्य बिमाको दुरुपयोग बढ्दो छ, यसको बारेमा पुनः विचार गरिनेछ: प्रधानमन्त्री

nabil bank
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिने बताएका छन् । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीले स्वास्थ्य बिमाका नाममा कतिपय अवस्थामा दुरुपयोग हुने गरेको पाइएको  बताए ।
उनले औचित्य पुष्टि हुने गरी स्वास्थ्य बिमा कार्यक्रममा पुनरावलोकन गरिने पनि जानकारी दिएका छन् । उनले निरोगी नेपाल अभियान र बिरामीलाई सही उपचार गराउने काममा थप सफलता हासिल गर्न त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताललाई आग्रह पनि गरेका छन् ।
नेपाली जनताको सेवा गर्ने मामिलामा सर्वोत्कृष्टता हासिल गरेको यस अस्पतालले दक्ष जनशक्ति उत्पादन, स्वास्थ्य उपचार र स्वास्थ्य सेवाका क्षेत्रमा अस्पतालले अझै सफलता हासिल गर्दै जानुपर्नेमा जोड दिए ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime