Skip to content

प्रचण्डलाई ओलीले फेसबुकबाट दिए जवाफ: बनिरहेको प्याराफिट हेर्न जानुस्, फ्लडलाईट पनि हेर्नु

nabil bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुक मार्फत जवाफ दिएका छन् । दाहालले संसद्मा सम्बोधन गर्दै सरकारमाथि तीव्र आलोचना गरेका थिए । उनले सरकारलाई कीर्तिपुरको मैदानमा खोइ फ्लडलाइट खोइ रु प्यारापिट खोइ रु भनेर प्रश्न गरेका थिए ।

दाहालको प्रश्नको उत्तरमा ओलीले ‘मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारा पिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस् । बनिरहेको छ ।’ भनेका छन् । यसै गरी, ओलीले दाहाललाई प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु नभनेको आरोप पनि लगाएका छन् । ‘उनले दाहालले प्रधानमन्त्री हुँदा केही गर्नु नपरेको र नगरेको पनि बताए ।

‘सरकारको कामबारे तथ्यतथ्यांक राखेर तपाईँले प्रधानमन्त्रीको रूपमा जवाफ पनि दिनु परेन।’ ओलीले लेखेका छन्, तपाईँका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै सङ्कल्प, न कुनै काम । मैले त दिन तोकेर गर्छु भनेँ, आफैँमाथि प्रश्न आह्वान गरेँ र काम पनि गरेँ । तपाईँले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime