काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज उद्घाटन गरेका छन् ।
भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित उक्त भवन शिक्षण अस्पताल ४३ औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त भवनको उद्घाटन गरे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल सरकारले निरोगी नेपालको नाराका साथ काम गरेकोले सकभर बिरामी नहुने गरी आहार, बिहार र आराममा ध्यान दिने र बिरामी भइहालेमा गुणस्तरीय र सुलभरुपमा सेवा दिनुपर्ने बताए।
उनले दु:ख गरेर धन कमाएर सामाजिक काममा दान गर्ने भाटभटेनीका संचालक मीनबहादुर गुरुङ र साबित्री गुरुङको प्रशंशा गरे ।






प्रतिक्रिया दिनुहोस्