काठमाडौं । बाढी पहिरोको कारण मुलुकका ५ राजमार्ग पुर्ण रूपमा अवरोध भएका छन । नेपाल प्रहरीका अनुसार भोट खोला गाँयपालीका –४ वरुण कोशी राजमार्ग पुर्ण रूपमा अवरोध भएको छ । यसै गरी, गोसाईंकुण्ड गाँउपालीका –२ को नेपाल र चिन नाका जोड्ने पुल र पासाङ ल्हाम राजमार्ग पुर्ण रूपमा अवरोध भएका भएको छ ।
यता कालिगण्डकी गाँउपालीका –६ बर्ला कालिगण्डकी कोरिडोर पूर्ण रूपमा अवरोध छ । आठबिसकोट नगारपालीका –६ रिजिगार जाजरकोट डोल्पा भेरी कोरिडोर सडक खण्ड पनि पूर्ण रूपमा अवरोध भएको छ । त्रिपुरा सुन्दरी नगरपालिका –१ छल घाट भेरी कोरिडोर पूर्ण रूपमा अवरोध यस्तै एकतर्फी रूपमा बागलुङ नगरपालिका-१०, दब्ल्याङ कालिगण्की करी डोर एकतर्फी सुचारु यस्तै गलकोट नगरपालिका ११–काउसे मध्य पहाडी लोक मार्ग एकतर्फी सुचारु भएको छ ।
यस्तै परिवर्तन गाँउपालीका –५ ग्रामजिम सहिद राजमार्ग एकतर्फी सुचारु भएको छ । यसैगरी, परिवर्तन गाँउपालीका– ५ धामाचौर सहिद राजमार्ग एकतर्फी सुचारु भएको छ । यता प्युठान नगरपालिका –१० हाडिगैरा बाग्दुला मच्छि सडक खण्ड एकतर्फी सुचारु सञ्चालन मा रहेका छन ।






प्रतिक्रिया दिनुहोस्