Skip to content

संस्थाको उद्देश्य प्राप्ति र बीमा क्षेत्रको विकास, पहुँच विस्तार गर्ने काम गर्छु: प्राधिकरण अध्यक्ष

nabil bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष सेवन्तक पोखरेलले संस्थाको उद्देश्य प्राप्ति र बीमा क्षेत्रको विकास एवम् पहुँच विस्तार गर्ने काम गर्ने जानकारी दिएका छन् । मंगलबार नेपाल बीमा प्राधिकरणको कार्यभार सम्हाल्दै उनले बीमा ऐन, नियम र निर्देशिकाहरू अक्षरशः पालना गर्दै बीमा कम्पनीहरूको अनुगमन र नियमनलाई कार्य योजनाका साथ अझै प्रभावकारी रूपमा अगाडि बढाउन जानकारी दिएका छन् ।

नेपाल सरकारले अर्थ मन्त्रालयका सहसचिव पोखरेललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको अध्यक्ष भई कामकाज गर्न जिम्मेवारी दिएको छ । पोखरेलले सरकारले आर्थिक वर्ष २०८२÷०८३ को बजेट वक्तव्य मार्फत ल्याएका बीमा सम्बन्धमा नीतिगत व्यवस्थाको कार्यान्वयनलाई प्राथमिकताका साथ अगाडि बढाउन पनि जानकारी दिएका छन् ।

उनले बीमा ससंस्थाको उद्देश्य प्राप्ति र बीमा क्षेत्रको विकास एवम् पहुँच विस्तारका लागि टिमवर्कका साथ काम गर्ने ठुलो जिम्मेवारी रहेको रहेको र त्यसलाई पुरा गर्ने जानकारी दिएका छन् । ‘सीमितको हकहित संरक्षण गर्नुछ, बीमा क्षेत्रको भविष्य राम्रो छ, सबै मिलेर इमानदारिताका साथ काम गरौँ ।’ उनले भने ।

अध्यक्ष पोखरेलले बीमा सचेतना मार्फत बीमाको पहुँच बढाउन, बीमा व्यवसायलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र विश्वसनीय बनाउन, बीमा सेवाको गुणस्तर अभिवृद्धि गर्न र बीमा क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न जिम्मेवारीपूर्वक अगाडि बढ्नु आवश्यक रहेको बताए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime