काठमाडौं । सांसद राजेन्द्र बजगाईंले सहकारी ठगीको आरोपमा अदालतको आदेशमा पुर्पक्षमा थुनामा रहेका व्यक्तिका विषयमा हस्ताक्षर अभियानसम्म पुग्नु गैरकानूनी काम भएको बताएका छन् ।
आज प्रतिनिधि सभाको बैठकमा सांसद बजगाईले यस्ता बिषयमा कानून आकर्षित हुने बताए ।
‘यदि कुनै पार्टी अध्यक्ष राजनीतिक कारणले जेलमा छन् वा निर्वासित छन् भने मात्र कार्यवाहक जिम्मेवारी सुम्पिनु उचित हुन्छ’ उनले भने ‘तर रास्वपाका अध्यक्ष आपराधिक मुद्दामा जेलमा छन्, त्यसपछि पनि उहाँकै अध्यक्षता कायमै छ।’ सुधारको कुरा गर्ने पार्टीले यस्तो आधारभूत जवाफदेहिता बेवास्ता गर्नु दुःखद भएको उनले बताए ।
उनले सहकारी ठगीको आरोपमा अदालतको आदेशमा पुर्पक्षमा थुनामा भएको र मुक्त नभैसक्दा पोखराको जुलूस देखि हस्ताक्षर अभियानसम्म सबै गैरकानूनी हो काम भएको उनको दाबी छ ।
बैठकमा मन्त्रीहरू भ्रष्टाचार र घुसमा तल्लिन भएको उल्लेख गरे । ‘दुःखको कुरा, केही मन्त्रीहरू जनताप्रति जवाफदेही बन्नुको सट्टा विवाद, अनियमितता र भ्रष्टाचारमा संलग्न भएको आरोप खेपिरहेका छन् ’ उनले भने ‘यसले राज्यप्रति जनताको भरोसा कमजोर बनाउँछ । कैयनमन्त्रीहरू नितान्त लायक देखिएका छैनन् ।’






प्रतिक्रिया दिनुहोस्