Skip to content

हाइड्रोमा लगानी गर्नेको हिसाब खोज्नुपर्छ, खोला बेच्न पाइँदैनः पूर्व ऊर्जामन्त्री शर्मा

nabil bank

काठमाडौ । पूर्वऊर्जामन्त्री जनार्दन शर्माले हाईड्रो क्षेत्रमा लगानी गर्नेको हिसाब किताब खोज्ने बेला आएको बताएका छन् ।

इप्पानको २३औं साधारणसभामा उनले लगानि गर्न सक्नेले लगानि गर्न नपाउने, लगानि गर्न नसक्नेले आयोजना ओगटेर राख्न नहुने बताए र उनले कसैले पनि खोला बेच्न नपाउने दाबि गरे । खोला बेच्नेको हिसाब खोज्ने उनको भनाई छ ।

कार्यक्रममा उनले ब्यबसायीक उत्पादन मिति (आरसिओडी) समय थप्न सरकारलाई आग्रह गरे । उनले पिआरओआर आयोजनामा राज्यले ऋण लिएर भए पनि लगानी गर्नुपर्ने बताए । मन्त्री शर्माले विद्युत बिक्री गरेर देश धनी बनाउने भन्नुभन्दा पनि विद्युत खपत गर्ने क्षेत्र बढाउनुपर्ने बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime