Skip to content

रानीटारी र म्याग्दे धुम्ती जोड्ने ९ किलोमिटर सडक कालोपत्रे

nabil bank
default

दमौली । व्यास नगरपालिका–५ रानीटारीबाट म्याग्दे गाउँपालिका–४ घुम्ती जोड्ने ९ किलोमिटर सडक कालोपत्रे गरिएको छ । कच्ची यस सडकलाई कालोपत्रे गरी स्तरोन्नति गरिएको हो । यो सडकलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्ग बनाउने लक्ष्य छ ।

पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीका अनुसार सम्पन्न गर्ने समयभन्दा एक वर्षअगावै सडक कालोपत्रे भएको छ । कार्यालयले ३६ करोड ६२ लाख ९१ हजार रुपैयाँमा सडक स्तरोन्नतिको सम्झौता गरेको थियो ।

रानीटारीबाट घुम्तीसम्मको दूरी ९.२ किलोमिटर छ । त्यसमध्ये ७.३ किलोमिटर अल्स्फाट प्रविधिबाट कालोपत्रे गरिएको छभने १.९ किलोमिटर ढलान गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime