Skip to content

नागरिक र नबिल स्टक डिलरले आईपीओ ल्याउन सक्ने

nabil bank

काठमाडौं । नागरिक स्टक डिलर र नबिल स्टक डिलरले साधारण सेयर (आईपीओ) निष्कासन गनए पाउने भएका छन् ।

धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) (छैठौं संशोधन) नियमावली, २०८२ जारी गर्दैै यस्तो व्यवस्था लागू गरेको हो । सेबोनले मूल नियमावलीमा नियम ११ क थप गरी यस्तो व्यवस्था गरेको हो ।

११ क मा धितोपत्रको सार्वजनिक निष्कासन गर्न अनुमति दिन सक्ने भन्नेमा ‘नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डले अनुमतिपत्र प्राप्त धितोपत्र व्यापारीलाई धितोपत्रको सार्वजनिक निष्कासन गर्न अनुमति दिन सक्नेछ’ भन्ने व्यवस्था गरेको छ ।

नागरिक स्टक डिलर र नबिल स्टक डिलरको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । हाल नेपालमा पूर्ण कार्यगर्ने ब्रोकर अर्थात स्टक डिलरको संख्या २ रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime