Skip to content

पहिलो पटक घर किन्ने व्यक्तिले ३ करोड ऋण पाउने, मूल्यांकन ८० प्रतिशत

nabil bank

काठमाडौं । साउन १ गतेदेखि पहिलो पटक आवासिय प्रयोजनका लागि घर किन्नेले ३ करोड रुपैयाँसम्म ऋण पाउने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । हाल आवासिय कर्जा २ करोड रुपैयाँसम्म थियो । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत उक्त सीमा बढाएर ३ करोड बनाएको हो ।

यसैगरी, पहिलो पटक आवासिय प्रयोजनका लागि घर किन्नेले मूल्यांकनको ८० प्रतिशतसम्म ऋण पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०८१ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । हाल ७० प्रतिशत रहेको लोन टु भ्यालु रेसियोलाई बढाएर ८० प्रतिशत पुर्याएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime