Skip to content

बैंकलाई राष्ट्र बैंकको राहत, चौथो त्रैमासको वित्तीय विवरण एक महिनामा प्रकाशित गरे हुने

nabil bank

काठमाडौं । वित्तीय विरण प्रकाशित गर्न बैंकहरुलाई राष्ट्र बैंकले राहत दिएको छ । चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गर्ने समय थप गरेर राष्ट्र बैंकले राहत दिएको हो ।

चौथो त्रैमासको वित्तीय विवरण साउन ३० गतेभित्र प्रकाशन गरे हुने भएको छ । यसअघिको व्यवस्था अनुसार चौथो त्रैमासिक वित्तीय विवरण २१ दिनभित्र प्रकाशन गर्ने समय थियो ।

केन्द्रीय बैंकले एक परिपत्र जारी गर्दै भनेको छ, ‘बैंक तथा वित्तीय संस्थाले एकीकृत वित्तीय प्रतिवेदन लगायत प्रमुख वित्तीय परिसूचकहरु को अन्तरिम वित्तीय प्रतिवेदन ९संक्षिप्त प्रतिवेदन० यस प्रयोजनका लागि तोकिएको ढाँचामा हरेक त्रयमासको महिना व्यतित भएको मितिले १५ दिनभित्र कुनै एक राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनिवार्य रुपमा प्रकाशित गरी सोको एक प्रति बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागलाई समेत उपलब्ध गराउनु पर्नेछ । साथै, अन्तरिम वित्तीय प्रतिवेदनको विस्तृत विवरण यस बैंकले तोकिदिएको ढाँचामा आफ्नो वेबसाइटमा राख्नु पर्नेछ । यसरी विस्तृत अन्तरिम वित्तीय प्रतिवेदन वेबसाइटमा राखिएको व्यहोरा पत्रिकामा प्रकाशन गरिने प्रतिवेदनमा समेत उल्लेख गर्नु पर्नेछ । तर, चौथो त्रयमासको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) आर्थिक वर्ष समाप्त भएको ३० दिनभित्र प्रकाशन गर्नु पर्नेछ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime