Skip to content

व्यक्तिगत सेयर धितो कर्जाको सीमा २५ करोड पुग्यो

nabil bank

काठमाडौं । साउन १ गतेदेखि एकल सेयर धितो कर्जाको सीमा २५ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले व्यक्तिगत  सेयर धितोमा राखेर २५ लाख रुपैयाँसम्म कर्जा पाइने व्यवस्था गरेको हो ।

‘कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल २५ करोड कायम गरिएको छ,’ राष्ट्र बैंकको जारि गरेको निर्देशनमा भनिएको छ ।

यसअघि आव २०८१–८२ को मौद्रिक नीतिमार्फत् मार्जिन प्रकृतिको सेयर धितो कर्जामा सिंगल अब्लिगर लिमिट १० करोडबाट १५ करोड बनाइएको थियो ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime