Skip to content

आयो साउन, चुरापोते बजारमा चहलपहल (तस्बिरहरू)

nabil bank

काठमाडौं । साउन महिना आउन थालेसँगै बजारमा चहलपहल बढेको छ। साउनमा महिलाहरुले हरियो चुरा, पोते, मेहेन्दी तथा हरिया कपडा लगाउने प्रचलन भएका कारण व्यापार चलायमान भएको हो।

खासगरी असन-इन्द्रचोक क्षेत्रमा चुरापोतेको बढी किनबेच हुन्छ। पर्याप्त विकल्प हुने भएकाले धेरैजसो ग्राहक त्यही पुग्छन्।

असार महिनामै व्यापारीहरुले साउनका लागि सामान ल्याइसकेका थिए। असार अन्तिमदेखि नै महिलाहरुले साउनको किनमेल गर्न थाल्छन् ।

साउनपछि महिलाहरुको ठूलो चाड तीज आउने भएकाले चुरापोतेको व्यापार एक/दुई महिना चल्ने व्यापारीहरु बताउँछन् । आर्थिक मन्दीको असरमा कारण सोचेजस्तो व्यापार भने नभएको उनीहरुको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime