Skip to content

सुनको मूल्य एकै दिन १३०० सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला २ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला २ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime