काठमाडौं । चीनको प्रमुख स्मार्ट इलेक्ट्रिक गाडी ‘एक्सपेङ जी–७’ ले नयाँ कीर्तिमान कायम गरेको छ ।
एक्सपेङले असार २७ गते विश्वभर ८ लाखभन्दा बढी सवारीसाधन डेलिभरी गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको हो । कम्पनीले यो नयाँ कीर्तिमान विश्व बजारमा द्रुत विकास र लोकप्रियताको प्रमाण भएको जानकारी दिएको छ ।
नेपालमा पनि एक्सपेङले पछिल्लो केही वर्षहरूमा आफ्नो प्रभाव बलियो बनाउँदै आएको छ। प्रविधिमा आधारित बुद्धिमान सवारी, आकर्षक डिजाइन र उच्च प्रदर्शनका कारण एक्सपेङ नेपाली बजारमा विश्वासिलो र भविष्यमुखी इभि ब्रान्डको रूपमा स्थापित हुँदै गएको छ। कम्पनीले नेपालको सहरी सडकदेखि दुर्गम भेगसम्म सहज चल्न सक्ने गाडीहरू ल्याएको छ ।
एक्सपेङले २०२५ को जुन महिनामा मात्र ३४ हजार ६११ गाडी डेलिभरी गर्दै अघिल्लो वर्षको तुलनामा २२४ प्रतिशतले वृद्धि गरेको छ । जसले एक्सपेङलाई चीनका नयाँ ऊर्जा सवारी स्टार्टअपहरूमा चौथो स्थानमा पुर्याएको छ । कम्पनीको ‘जी–६’ ‘जी–९’ र जी–७ मोडलहरू विशेष रूपमा लोकप्रिय रहेको कम्पनीले जानकारी दिएको छ । जसमध्ये ज–७ इलेक्ट्रिक एयुभिले मात्रै ९ मिनेटमा १० हजार अर्डर पाएको थियो । यसको ७०२ किलोमिटर रेन्ज र उन्नत एयरोडायनामिक डिजाइनले ग्राहकको ध्यान तानेको हो।
२०२५ को पहिलो छ महिनामै एक्सपेङले १ लाख ९७ हजार युनिट गाडी डेलिभरी गरिसकेको छ । यो जुन २०२४ को सम्पूर्ण डेलिभरीभन्दा धेरै हो । कम्पनीले २०२५ को अन्त्यसम्म ३ लाख ८० हजार युनिट गाडी डेलिभरी गर्ने र ६० वटा देशमा आफ्नो उपस्थिति कायम गर्ने लक्ष्य राखेको छ।
नेपालमा एक्सपेङले सवारी बिक्रीसँगै बिक्रीपछिको सेवा, स्पेयर पाट्र्स र स्थानीय सेवा केन्द्रहरू पनि विस्तार गरिरहेको छ । कम्पनीको लक्ष्य नेपाली उपभोक्तालाई सहज, भरपर्दो र दीर्घकालीन इभि अनुभव प्रदान गर्नु हो।
२०१४ मा हे एक्सपेङद्धारा स्थापित एक्सपेङले स्मार्ट मोबिलिटी इनोभेसनमार्फत विश्व इभि बजारमा नयाँ दिशा दिएको छ । नेपालमा एक्सपेङले ‘इलेक्ट्रिक ड्राइभ मात्र होइन, भविष्यतर्फको यात्रा’ सुरु गरिरहेको सन्देश दिएको छ।






प्रतिक्रिया दिनुहोस्