Skip to content

छुट्ला है प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्न

nabil bank

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

इन्स्योरेन्सले साउन २३ गते कम्पनीको केन्द्रिय कार्यालयमा २९औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा प्रयोजनका लागि साउन २ गते एक दिन बुक क्लोज गरेको छ । त्यसैले आजसम्म कायम रहेका सेयरधनीले मात्रै कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

कम्पनीले १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।९४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यस्तै बोनस सेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ४७ प्रतिशत हकप्रद सेयर जारी गर्ने कम्पनीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime