Skip to content

त्रिवेणी गाउँपालिकाको सिम्रुतुमा जिप दुर्घटना, ७ जना घाइते

nabil bank

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ सिम्रुतु बजारनजिकै भित्री सडकखण्डमा जिप दुर्घटना भएको छ ।

वडा नं २ को बादँरपानी, रुघाहुँदै खलङ्गा जाँदै गरेको लु१ज ४११२ नम्बरको जिप आज बिहान सिम्रुतु बजारनजिकै दुर्घटनामा परेको हो । जिप दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।

उनका अनुसार घाइते हुनेमा जिप चालक त्रिवेणी–२ सिम्रुतुका ३२ वर्षीय प्रेम खड्का, त्रिवेणी–१ का ८४ वर्षीय ससे घर्ती, सोही ठाउँकै २० वर्षीया सरिता केसी, त्रिवेणी–२ की २८ वर्षीया सुनिता केसी, २२ वर्षीया गीता ओली, मुसिकोट नगरपालिका–१३ की ४० वर्षीया सपना परियार र मुसिकोट–५ का शिवकुमारी शर्मा हुनुहुन्छ । घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल सल्ले पठाएको प्रहरीचौकी सिम्रुतुले जनाएको छ ।

जिप अनियन्त्रित भई सडकमै पल्टिएको थियो । जिप चालकसहित १० जना यात्रु रहेका थिए । घाइतेको अवस्था केहीको सामान्य र केहीको मध्यम रहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिए । घाइतेको हातखुट्टा र टाउकामा चोट लागेको बताएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime