Skip to content

सिप्रदी हायर पर्चेज कम्पनीले गरायो ४ अर्ब कर्जाको रेटिङ

nabil bank

काठमाडौं । सिप्रदी हायर पर्चेज कम्पनीले दीर्घकालीन कर्जाको लागि ४ अर्ब रुपैयाँको रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालमा कम्पनीले ४ अर्ब ऋणको रेटिङ गराएको हो ।

कम्पनीको कर्जालाई इक्राले ‘इक्राएनपि–एल डबल बि’ रेटिङ दिएको छ । यस रेटिङले कम्पनीको समयमै कर्जा तिर्ने क्षमतामा मध्यम खालकाे जोखिम रहेको जनाउँछ ।

कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा ३९ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा ५८ अर्ब रुपैयाँ बराबरको व्यापार गरेको थियो । यसैगरी, सन् २०२३ मा ५२ अर्ब ८० करोड रुपैयाँ, सन् २०२२ मा ४९ करोड ४० लाख, सन् २०२१ मा ६७ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

यो सन् २०१४ मा स्थापना भएको हायर पर्चेज वित्तीय कम्पनी हो । यो कम्पनी नेपाल राष्ट्र बैंकको मार्गनिर्देशनअनुसार सञ्चालन हुँदै आएको छ । सिप्रदी ट्रेडिङ प्रालिको शतप्रतिशत सेयर स्वामित्वमा रहेको छ । सिप्रदी ट्रेडिङ नेपालमा टाटा मोटर्सको आधिकारिक बिक्रेता हो ।

यस कम्पनीले नेपाली अटोमोबाइल क्षेत्रमा ४० वर्षभन्दा लामो समयदेखि कारोबार गर्दै आएको छ। हाल कम्पनीका अध्यक्ष सिद्धार्थ राणा रहेका छन् । सिप्रदी हायर प्रचेजले आफ्नो कम्पनीको सवारी साधन बिक्रीमा वित्तीय सहायता प्रदान गर्छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime